गृहमन्त्रालयले गर्‍यो पर्साका सीडीओ र सहायक सीडीओको सरुवा

काठमाडौं, २८ साउन । पर्साका प्रमुख र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयले सरुवा गरेको हो ।

गृह मन्त्रालयका अनुसार धादिङको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पर्साका नयाँ प्रजिअमा पठाइएको छ । त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति