भारतमा एकै दिन ६१ हजारलाई कोरोना संक्रमण

नयाँदिल्ली, २८ साउन । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २३ लाखभन्दा बढी पुगेको छ ।

भारतमा कोरोनाकै कारण अहिलेसम्म ४६ हजार ९१ जनाको मृत्यु भएको छ । तीमध्ये ८३४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कुल सङ्क्रमित २३ लाख २९ हजार ६३९ मध्ये छ लाख ४३ हजार ९४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ३९ हजार छ सय जना निको भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board