नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी, २८ साउन। सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनलाई चार दिनअघि ज्वरो आएको थियो ।

ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए । उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए । यो सगै हालसम्म देशभर कोरोना संक्रमणबाट ८४ जनाले ज्यान गुमाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति