धनगढीमा डुबानमा फसेका २४ जनाको उद्धार

काठमाडौं, २७ साउन । अविरल वर्षाका कारण डुबानमा फसेका धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर बस्ती क्षेत्रका २४ जनालाई गएराति उद्वार गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षक किसन सिंह टेरको कमान्डमा खटिएको ११ जनाको टोलीले उनीहरुको उद्वार गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।

नदी कटान भएर बगेका खोलामा पानी बढेर २५० देखि ३०० मिटरसम्म उक्त बस्तीको क्षेत्र जलमग्न भएको सशस्त्र प्रहरी नायब निरीक्षक टेरले बताए। डुबानमा फसेकाहरुलाई उद्धार गर्न झण्डै दुई घण्टा समय लागेको र उनीहरुलाई सुरक्षित स्थानमा सारी सकेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति