कर्णाली प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित, ११ जना भए डिस्चार्ज

सुर्खेत, २७ साउन । कर्णाली प्रदेशमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा । लक्ष्मीनारायण तिवारीले थपिएका संक्रमितमध्ये दैलेख र सल्यानका २/२जना, सुर्खेत, रुकुम पश्चिम, सर्लाही र धनुषाका १/१ जना रहेको सामाजिक विकास जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०११ पुगेको छ ।

यस्तै, कर्णालीमा मंगलबार थप ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै ११४ जना आइसोलेसनमा रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति