काठमाडौं, २७ साउन । पछिल्लो २४ घण्टामा देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये उपत्यकामा १३४ रहेका छन् । हिजो सोमबार मात्रै ४२ जना संक्रमित थपिएको उपत्यकामा वितेको २४ घण्टाभित्र १३४ जना संक्रमित थपिएका छन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएको जानकारी दिए ।
कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जनाए । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । हालसम्म ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् भने कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्