काठमाडौं, २७ साउन । गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका निशानले आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् ।
निशानले प्रेमिका ऋचा न्यापानेसँग कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए ।
निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।
COMMENTS