काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएको जानकारी दिए ।
कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जनाए । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । हालसम्म ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये उपत्यकामा १३४ रहेका छन् । हिजो सोमबार मात्रै ४२ जना संक्रमित थपिएको उपत्यकामा वितेको २४ घण्टाभित्र १३४ जना संक्रमित थपिएका छन् ।
COMMENTS