श्रीकृष्णको पूजा-आराधनाः पाटनमा यसरी मनाइयो ‘कृष्णाष्टमी’ (तस्विरमा हेर्नुहोस्)

काठमाडौं, २७ साउन । भाद्र कृष्ण अष्टमीका दिन आज भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ ।

आज वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। पाटनस्थित कृष्ण मन्दिरमा पनि पोहोर–परार श्रद्धालुको घुँइचो लाग्थ्यो। यसपालि कोरोनाभाइरसको संक्रमणका कारण कृष्ण मन्दिरमा श्रद्धालु एकदमै कम छन्।

मन्दिरमा आएकाहरूलाई पनि मुख्य मन्दिरभित्र प्रवेश दिइएको छ। उनीहरू प्रांगणमै बसेर पूजाआजा गरिरहेका छन्। मन्दिरमा आउनेलाई आवश्यक सहयोग गर्न मंगल टोल सुधार संघले स्वंयसेवक खटाएको छ। मास्क नलगाई आउनेलाई नेपाल प्रहरीले मास्क बाँडिरहेको छ भने नेपाल स्वंयसेवकले मन्दिर प्रवेश गर्नुअघि सेनिटाइजर दिने गरेका छन्।

तस्विरमा हेर्नुहोस्

यो पनि
कृष्णजन्माष्टमीको रौनकः थारू समुदायमा बढ्यो चहलपहल

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति