कोरोनाको असरः जागिर खाइदिएको भन्दै निर्वस्त्र प्रदर्शन

एजेन्सी – कोरोना महामारीले यतिबेला विश्वभरमा नै अर्थतन्त्र विश्वभर खस्किएको छ । फैलिरहेको कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र तहसनहस पारिरहेको छ । करोडौँ मानिसहरुले रोजगारी गुमाइसकेका छन् ।

करोडौँ मजदुरहरुले रोजगारी गुमाइरहेको बेला करोडौँ मालिकहरु समेत टाट उल्टिरहेका छन् आफ्नो व्यवसाय बन्द हुँदा । कोरोनाका कारण आफ्नो व्यवसाय ठप्प भएको तथा आम्दानी गुमेको भन्दै रुसमा रेष्टुरेन्ट मजदुर तथा रेष्टुरेन्ट मालिकहरु निर्वस्त्र आन्दोलनमा उत्रिएका छन् ।

कोरोना भाइरस लकडाउनका कारण बन्द रेष्टुरेन्टहरु खुलाउन माग गर्दै उनीहरुले आफ्ना निर्वस्त्र तस्वीरहरु सोसल मिडियामा पोष्ट गर्दै आन्दोलन गरे । बार, रेष्टुरेन्ट तथा क्याफेका सयौँ मजदुरहरुले आफ्ना निर्वस्त्र तस्वीरहरु सोसल मिडियामा पोष्ट गरेका छन् । तस्वीरमा उनीहरुले कप, प्लेट, बोतल, ससप्यान, नेपकिन होल्डरलगायतका विभिन्न सामानहरु समेत समाउने गरेका छन् ।

लकडाउनका प्रतिबन्ध फुकुवा गर्दै रेष्टुरेन्ट खुल्ला गर्नका लागि उनीहरुले सरकारसँग माग गरेका छन् । त्यसमा रेष्टुरेन्ट मालिक तथा मजदुरहरु सँगै छन् । ‘हामीसँग केही छैन, त्यसैले हामी नांगै छौँ’, प्रदर्शनमा उत्रिएका मजदुरहरुले भनेका छन् । एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board