दुई ट्र्याक्टर अवैध सालको काठसहित छ पक्राउ

काठमाडौं, २७ साउन । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्र्याक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साहलाई पक्राउ गरेको हो ।

काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले काठ बोकेको ना४त ८७२८ र स१त ५२९७ नंको ट्र्याक्टर र एक थान मोटरसाइकलसहित सबै जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए। दुवै ट्र्याक्टरबाट ६९ थान सालको चिरान काठ बरामद भएको प्रमुख दासले बताए पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति