कोरोना संक्रमित महिलाबाट जन्मिएको शिशुको मृत्यु

काठमाडौं, २७ साउन । कोरोना संक्रमित हहिलाले जन्माएको एक शिशुको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुरमा शिशुको मृत्यु भएको हो ।

अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठका अनुसार उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको हो । रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको छोराको जन्म दिएकी थिइन् ।

बच्चाले आमाको पेटमै दिसा गरेकोले अप्रेशन गरी निकालिएको भए पनि दिसा खाइसकेकोले बचाउन नसकिएको उनको डाक्रको भनाई छ । महिला प्रसूति हुन भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी थिइन् ।

ज्वरो आएकोले पीसीआर जाँच गर्दा उनको कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई शनिबार लेवल-३ अस्पताल कोहलपुर ल्याइएको थियो । बच्चा बचाउन नसकिए पनि हाल आमाको अवस्था भने सामान्य नै रहेको बताईएको छ । मृत्यु भएपछि बच्चाको पीसीआर जाँच गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board