चाडपर्वले सामाजिक एकता र भ्रातृत्व कायम गर्छ: मुख्यमन्त्री गुरुङ

काठमाडौं २७ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले एकअर्काबीचको सम्बन्धलाई मजबुत बनाउने बताए । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे २०७७ को उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले सो कुरा उल्लेख गरे ।

नेपालमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आइरहेको उल्लेख गर्दै यस पर्वले पनि विविध धर्म, संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको मुख्यमन्त्री गुरुङले सन्देशमा भने ।

गुरुङ समुदायमा चैत महिनाको अन्तिम मङ्गलबार उधौली र साउन महिनाको अन्तिम मङ्गलबार उभौलीका रूपमा वर्षको दुईपटक विभिन्न कार्यक्रम गरेर ट्होटे पर्व मनाउने प्रचलन छ । परापूर्वकालमा ग्रामीण भेगमा भूतप्रेत भगाई बैरी शत्रु नलागोस् र खेतीपाती राम्रो होस् भन्ने कामनासहित यो पर्व मनाउन शुरु गरिएको धार्मिक मान्यता पाइन्छ । सोही अवसरमा लामो समयदेखि जारी बन्दाबन्दी हटे पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन मुख्यमन्त्रीले अपिल गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति