माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

डोल्पा– हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

वर्षाको समयमा घरको छत चुहिने भएकाले त्यसमा राख्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बुढाको मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

दुई जना पुरिएको खबर प्राप्त हुनेबित्तिकै प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी खटाइएको थियो भने प्रहरी र स्थानीय मिलेर शव निकालिएको थियो । मृतक बुढासँगै जानुभएका अर्का ३९ वर्षीय कर्णबहादुर बोहोरा घाइते भएका छन् । उनको दायाँ खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board