डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौँ, २७ साउन । डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सोमबार राति एक बजेतिर आदर्श गाउँपालिका–१ बाँझककानीका नुगे लोहारको घर भत्किँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृत्यु हुनेमा लोहारकी श्रीमती, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । लोहारसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी भने घाइते भएका छन् । उनीहरुको दिपायलमा उपचार भइरहेको जनाइएको छ । लगातार वर्षाले ढुंगा र माटोको गारो भएको घर भिजेकाले घर भत्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए । उनले घर भत्किँदा चार जनाको ज्यान गएको खबर पुष्टि गरेका छन् । तर घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मल्ल बताउँछन् । उनले भने, ‘तीन तले घर रहेछ, भत्कन लागेपछि भागेर आँगनमा पुग्दासम्म भत्किसकेपछि पुरिएर मृत्यु भएको भन्ने आएको छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board