भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु

काठमाडौं, २७ साउन । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि मंगलबारसम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २२ लाख ६७ हजार १५३ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १५ लाख ८१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ४० हजार १६० जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति