काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा सोमबार थप ४३ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनर्संख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
८ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा थप ३३८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घन्टामा निको भएर १ सय ४० डिस्चार्ज भएका छन् भने थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
थप चार जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,७३८ जनामा सक्रिय सङ्क्रमण छ भने १६,४९३ जना भाइरसमुक्त भएका छन्।
गएको पाँच दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ छ। हालसम्म ४५२,२३६ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। सो अवधिमा १४० जना रोगमुक्त प्रमाणित भएका थिए । मन्त्रालयका अनुसार अहिले देशभरि क्वारन्टीनमा १०,७५९ जना छन् । अहिले गण्डकी र प्रदेश नं १ मा क्वारन्टीनमा हुनेको सङ्ख्या सर्वाधिक छ ।
COMMENTS