मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, २६ साउन । मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषामा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर-५ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।

मिथिला बिहारी नगरपालिका-५ घर भएका उनी जनकपुरधाम उपमहानगरपालिका(२ कदम चोकस्थित बिनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।

धनुषाकै शहीद नगरपालिका-८ का ५० वर्षीय पुरुषमा भने संक्रमण पुष्टि नभएको प्रजिअ भट्टराइले बताए । उनको पनि शनिबार राति नै मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणका कारण धनुषामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति