एभरेष्ट बैंकको प्रधान कार्यालयमा २ जनालाई कारोना संक्रमण

काठमाडौं, २६ साउन । एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमा कार्यारत २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कार्याल्यमा कार्यरत २ जनामा कोरोना पोजिटिभ देखिएपछि बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय सिल गरिएको छ ।

तर, कोरोना परीक्षण पश्चात भने कार्यालय खुला हुने बताईएको छ । बैंकका एक अधिकारीका अनुसार २ दिनका लागि मात्रै बैंकको कार्यालय सिल गरिएको हो ।

सिल भएको अवधिभर हामी बाँकीको परीक्षण गर्ने र कार्यालयलाई डिस्इन्फेक्सन गर्ने बताईएको छ । बैंकको प्रधान कार्यालयमा पछिल्लो समय बाहिरी जिल्लाबाट पनि केही शाखा प्रवन्धकहरु आएको र उनीहरु सबैको परीक्षण हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board