मेडिसिटीमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २६ साउन । ललितपुरको मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको हो ।

निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो । सोमबार बिहान ६ बजे उनको मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलाले जनाएका छन् । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति