आज मन्त्रिपरिषद् बैठक: यी विषयमा हुँदैछ महत्वपुर्ण निर्णय

काठमाडौं, २६ साउन । आज बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सेमी लकडाउनका लागि महत्वपूर्ण निर्णय हुने स्रोतले बताएको छ ।

एक मन्त्रिीका अनुसार आजको बैठक नियमित भएपनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्छ । स्रोतका अनुसार यसअघिका निर्णय कार्यान्वयनका सवालमा केही संशोधन हुनसक्नेछ ।

सरकारले यसअघि भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटोे दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो । तर,पछिल्लो पटक कोरोेना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ ।

त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नसक्ने बताइएको छ । सरकारले लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै जान थालेकाले कतिपय विज्ञहरुले पुनः लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् भने, कतिपयले लकडाउन नगरी सतर्कता अपनाउन सुझाब पनि दिईरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board