कोटेश्वरमा थप १३ जनामा कोरोना संक्रमण, असर्फी टोल ‘सिल’

काठमाडौं, २६ साउन । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ । कोरोना भाईरस संक्रमित बढेपछि कोटेश्वरस्थित असर्फी टोलमा सिल गरिएको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा संक्रमित बढेपछि उक्त टोल सिल गरिएको हो ।

उक्त टोलमा थप १३ जनामा कोरोना पोजेटिभ देखिएका छन् । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो ।

वडा सदस्य हिरादेवी पोखरेलका अनुसार आइतबार १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। तीन जनालाई भने उनीहरूकै घरमा राखिएको हो।

कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन्। उनीहरूमध्ये कतिपय मजदुरी गर्छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board