फुटबल खेलाडीहरुको कोरोना परीक्षण

काठमाडौं, २६ साउन । फुटबल खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । आज राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा बस्ने खेलाडीहरुको कोरोना परीक्षण गरिएको हो ।

सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय खेलको लागि प्रशिक्षण गर्न मिल्ने निर्णय गरेपछि एन्फाले खेलाडीलाई मैदान फर्काएर प्रशिक्षण गराउनको लागि तीव्ररुपमा तयारी गरिरहेको छ ।

विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा स्वाब दिएका छन् । सोमबार ११ खेलाडी, २ अफिसियल र १२ स्टाफ गरेर २५ जनाको स्वाब दिइएको छ । बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिने बताईएको छ ।

क्याम्पमा राखिने ३४ खेलाडीसँगै कोचिङ स्टाफ, अफिसियल, होस्टल स्टाफलगायत गेरेर ७० जनाको कोभिड—१९ परीक्षण गरिने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति