बाजुरामा अविरल बर्षाः बुढिगंगा नदिले बगाउँदा एक जना बेपत्ता, सयौं घर जोखिममा

बाजुरा २६ साउन । बाजुरा जिल्लामा आइतबार रातीदेखीको अबिरल बर्षासंगै बुढिगंगा नदिमा आएको बाढिले बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतकी आमा बेपत्ता भएकी छिन् । सोमबार बिहान नदिले घर बगाउदा ६५ बर्षिया आमा अइसेनी महत बेपत्ता भएको वडाअध्यक्ष महतले बताए ।

बुढिगंगा नदिको तटिय क्षेत्र बडिमालिका नगरपालिका २ घागरको बस्तीनै बगाएकोले स्थानीय कोही कसैको सम्पर्कमा नरहेको बताइएको छ । बस्तिनै बगाँउदा गाइ गोरु र घरमा रहेको सम्पुर्ण सामान बगाएको घटनास्थलबाट वडा अध्यक्ष महतले बताए ।

बुढिगंगा नदिमा आएको बाढिले दर्जनौ बस्ती बगाएको छ भने घरपालुवा बस्तुहरु समेत बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख टंक प्रशाद भट्टराई ले जानकारी दिए । उनका अनुसार बाढीले के कती क्षेति पुगेको छ विस्तृत विवरण आउन बाकि रहेको छ ।

बेपत्ता महतक‍ो खाजि कार्यका लागि नेपाल प्रहरी नेपाली सेना,शसस्त्र प्रहरी लगाएतका सुक्षा निकायहरू खोजिकार्यमा लागेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए । साफेँ मार्तडी सडक खण्ड पर्ने बडिमालिका नगरपालिकाको जडाङामा रहेको बेलिव्रिज समेत बाढीले बगाएपछि जिल्ला सदरमुकाम मार्तडी आउने सबै यातायातका साधन बन्द रहेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board