वीरगञ्जमा स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण

वीरगञ्ज, २६ साउन । वीरगञ्जमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थि नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १८ वर्षका देखि ५० वर्ष सम्म रहेका छन् ।

सोमबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरी रहेका छन् । त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर पनि रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए ।

त्यस्तै, एकजना महिलाको मृत्युपछि कोरोना पुष्टि भएको छ । ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको हो। उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनको आइतवार बिहान गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

रायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार श्वासप्रश्वासमा अचानक समस्या देखिएको थियो । कोरोना भाइरस संक्रमण भए नभएको थाहा नहुँदै उनको मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १८ वर्ष देखि ५० वर्षका सम्मका ९ जना, मेग्नस फर्माका ३६ र ४० वर्षका २ जना पुरुष र ४८ वर्षीय १ जना महिला कर्मचारी रहेकी छिन् । बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छिन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board