प्रधानमन्त्रीबाट अभिभावक गुमाएका तीन बालिकाको संरक्षकत्व ग्रहण

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताएका छन् । उनले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको चर्चा गर्दै बालबालिका भविष्यका कर्णधार मात्र होइन वर्तमानको हकदार भएको बताएका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान आयोजित अभिभावक गुमाएका तीन बालिकाको संरक्षकत्व प्रदान कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन । प्रधानमन्त्री ओलीले अभिभावकविहीन भएर बालबालिकाले सडकमा बस्नुपर्ने दिनको अन्त्य गर्न सरकारले हर तरहले प्रयत्न गरिरहेको बताए । उनले भने , “घरवार र अभिभावकविहीन भएर सडकमा मागेर अब खानुपर्दैन । सडकमा रात बिताउनु पर्ने, मागेर खानुपर्ने दिनको अन्त्य गरिने छ ।” बालबालिकालाई राज्य, समाज र परिवारले उचित अवसर दिएमा देशको भविष्य चम्काउने विश्वास समेत उनले ब्यक्त गरे।

This image has an empty alt attribute; its file name is 117135947_3205625266153788_7281259425873402980_n-512x768.jpg

समाज र राष्ट्रका लागि राम्रो काम गर्दा खुट्टा तान्ने, असहयोग गर्ने, बाधा हाल्ने काम हुन्छ तर त्यसबाट हतोत्साही नभई सेवाका कार्यमा निरन्तर लाग्नुपर्ने बताउदै उनले भने , “समाजसेवाबाट सन्तुष्टि प्राप्त हुन्छ । त्यसैले यो त्यति सजिलो पनि छैन । धेरै बिध्नबाधा खेप्नुपर्छ ।”

स अवसरमा प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यले अभिभावकविहीन तीन जना बालिकाको संरक्षकत्व लिएकिछिन । घरायसी झगडामा आमाको मत्यु र बुबा जेल परेपछि अभिभावकविहीन भएका दक्षिणकालीका तीन बालिकाका बारेमा सञ्चार माध्यमबाट जानकारी प्राप्त भएपछि श्रीमती शाक्यले उद्धारको पहल गरेकि थिईन। बन्दाबन्दीका कारण करिब चार महिना खोजतलास केन्द्रको संरक्षण गहमा रहेका थिए । तीन बालिकालाई आइतबारै एसओएस बालग्राममा रहने गरी पठाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board