भारतमा कोरोना संक्रमितको संख्या २२ लाख नाघ्यो

काठमाडौं, २६ साउन । विश्वभर महामारीको रुपमा फैलिएका कोरोना भाइरस भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार बिहान सम्म भारतमा एकै दिन ६२ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै र विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो रहेको छ ।

भारतमा कुल संक्रमितमध्ये अहिलेसम्म १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १०९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४४ हजार ४६६ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति