बाँकेमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

बाँके,२५ साउन । बाँकेमा कोरोना भाइरस को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका २ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।

अस्पतालका उप निर्देशक डा दिनेश श्रेष्ठका अनुसार अस्पतालमा भर्ना हुँदा नै उनीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण शुक्रबार नै उनको स्वाब संकलन गरी परीक्षणका लागि भेरी अस्पतालमा पठाइएको थियो । श्रेष्ठले भने शुक्रबार परीक्षणका लागि नमुना पठाइए पनि उनको उपचारमा हामीले कुनै कसर बाँकी राखेका थिएनौं । तर पनि उहाँलाई हामीले बचाउन सकेनौं ।’

श्रेष्ठका अनुसार निमोनियाका कारण शुक्रबार उनी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका उप निर्देशक डा दिनेश श्रेष्ठका अनुसार आइतबार दिउँसो करिब ३स्१० बजेको समयमा उनको मृत्यु भएको हो । यो सहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board