नेपालमा थप ३८० जनामा कोरोना संक्रमण

काठमाडौं, २५ साउन । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ४० संक्रमित डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कुल संख्या १६ हजार ३५३ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति