नेकपा एकताको पक्षमा दबाद दिन ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामावलीसहित)

काठमाडौं, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर सार्वजनिक भएको छ । सत्तारूढ नेकपाका ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाउँदै हस्ताक्षर गरेका छन् ।

आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गर्दै हस्ताक्षर सार्वजनिक गरेका हुन् । पार्टी एकताका पक्षमा प्रतिवद्धता व्यक्त गर्न आयोजित भनिएको उक्त पत्रकार सम्मेलनमार्फत पार्टीभित्र अहिले देखिएको विवाद समाधान गर्न नेतृत्वलाई दबाब दिएका हुन् ।

नेकपाका तीनवटै गुटमा आवद्ध सांसदको सहभागिता रहेको उक्त सामूहिक भेला तथा पत्रकार सम्मेलनमा बोल्दै सांसदले पार्टी एकताको पक्ष र विभाजनविरुद्ध आफूहरुले कठोर कदम उठाउन बाध्य हुनेसमेत बताएका छन् । उनीहरुले यो संख्या बढ्दै जाने दावी समेत गरेका छन् ।

हस्ताक्षर गर्ने ६१ सांसद्ः

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board