नेपालगञ्जका १५ सहित बाँकेमा थप २० जना कोरोना पुष्टि

बाँके,२५ साउन । बाँकेमा थप २० जनामा कोरोना भाईरस कोभिड १९ पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामातीन सय जनाको पीसीआर परीक्षण गर्दा बांकेका २० जना र बर्दियाका २ जना गरी २२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । योसंगै बांकेमा कोरोना संक्रमितको संख्या ५ सय ९६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

बाँकेका २० जनामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका ७ महिला र ८ जना पुरुष, कोहपुरका ४ जना पुरुष र एकजना ५२ वर्षका पुरुष जिल्ला समन्वय समिति बाँकेका रहेका छन् । ती पुरुषको ठेगाना डीडीसी बाँके लेखिएको छ । बर्दियाका संक्रमित दुबैजना महिला रहेको भेरी अस्पतालले जनाएको छ ।

एकजना गुलरिया नगरपालिका–५ कि ५६ वर्षीया र अर्की बांसगढी नगरपालिकाकी ४६ वर्षीया महिला हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति