‘गौतम बुद्धबारे भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक’

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । उनले बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गरेका हुन् ।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले समाजिक सञ्जाल ट्विटरमा लेखका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन ।’ विदेश सचिव रहेका जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका थिए ।

यस्तो छ एस जयशंकरको भनाई
भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । उद्योग निकाय सिआइआइले आयोजना गरेको भर्चुयल इभेन्ट ‘इण्डिया एट सेभेन्टिफाइव समिट’लाई सम्बोधन गर्दै गौतम बुद्ध भारतीय भएको दावी गरेका हुन् ।

उनले सम्बोधनका क्रममा भनेका छन्,‘को हुन् दुई महान इण्डियन, तपाईलाई सधै याद आउछ । म भन्छु एक गौतम बुद्ध अर्को महात्मा गान्धी । यी महान् इण्डियनलाई तपाई र म मात्र होइन सारा विश्वले सम्झन्छ ।’ उनले गौतम बुद्धलाई भारतीय भनेर सारा विश्वसामु सफेद झुट बोलेका हुन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गौतम बुद्धका विषयमा यस्तै प्रचार गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board