संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण

काठमाडौं २४ साउन । संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोनाभाइरस कोभिड १९ पुष्टि भएको छ । चालक र कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा थप ५ जनामा संक्रमण देखिएको हो । नेपालका विभिन्न स्थानमा पछिल्लो दिनहरुमा कोराना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

यसअघि पनि इकाईका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज जोशीका चालक र एक महिला महिला कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले जानकारी दिए । यस्तै आज शिर मेमोरियल अस्पतालको आइसोलेसनमा रहेका एक जनामा पनि संक्रमण देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति