आठ जनामा कोरोना देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘शिल’

काठमाडौं,२४ साउन । काठमाडौंको गहनापोखरी–हाँडीगाउँमा एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण फेला परेपछि सो क्षेत्र सिल गरिएको छ ।

काठमाडौंको गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको एउटै टोलमा आठ जनामा कोरोना भाईरस पुष्टि भएको हो । संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु रहेको काठमाडौं महानगरपालिका वडा नं। ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो । त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

वडा अध्यक्ष डंगोलले भने, ‘अहिलेलाई सिल गरेका छौं । भोलि मेरै अध्यक्षतामा रहेको कोभिड–१९ सम्बन्धी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board