भारतमा कोरोना संक्रमितको संख्या २० लाख ८६ हजार नाघ्यो , मृतकको संख्या ४२ हजार ५ सय ७८ पुग्यो

काठमाडौं, २४ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा तिव्ररुपमा फैलिएको छ ।

दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए ।योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दा भारतमा कोरोना संक्रमितको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख १६ हजार ६१७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९४० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४२ हजार ५७८ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board