उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय १५ दिनका लागि बन्द,के–के सेवा स्थगित भए ?

काठमाडौं,२३ साउन । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् । सबै सेवा सञ्चालन गर्दा कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड लागेकोले १५ दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

बैठकको निर्णयअनुसार प्रशासन कार्यालयबाट प्राप्त हुने नयाँ नेपाली नागरिकता र प्रतिलिपि नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्तारपत्रपत्रिका दर्ताका साथै नवीकरण, निजी सुरक्षा कम्पनी दर्ता नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा बन्द हुनेछन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले २५ गते आइतबार देखि भदौ ८ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार नै बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा कोरोना धेरै देखिएका ठाउँमा सिल गर्ने निर्णयसमेत गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board