काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा १०६ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना रहेको मन्त्रालयले जनाएको छ । २४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार भने उपत्यकाका ३ जिल्लामा ८७ जना संक्रमित भेटिएका थिए ।

थप ४६४ जनामा कोरोना संक्रमण

नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको जानकारी दिए ।

थप पाँच जनाको मृत्यु
नेपालमा वितेको २४ घण्टाभित्र कोरोना भाईरसबाट थप पाँच जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७० पुगेको मन्त्रालयको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयले बिहीवार पाँच जनाको मृत्यु भएको पुष्टि गरेको थियो। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ४६४ सङ्क्रमित फेला परेका हुन् । योसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २२,२१४ पुगेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board