नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, २३ साउन । नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको जानकारी दिए ।

थप पाँच जनाको मृत्यु
नेपालमा वितेको २४ घण्टाभित्र कोरोना भाईरसबाट थप पाँच जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७० पुगेको मन्त्रालयको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयले बिहीवार पाँच जनाको मृत्यु भएको पुष्टि गरेको थियो। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ४६४ सङ्क्रमित फेला परेका हुन् । योसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २२,२१४ पुगेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति