हुम्लाका विद्यालय बिहीबारदेखि सञ्चालनमा

हुम्ला, २३ साउन । सिमकोट गाउँपालिका–१ देखि ८ वडासम्मका प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् ।

कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएका हुन् । बिहीबारदेखि विद्यालय सञ्चालन भएका छन् ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले हुम्ला जिल्लामा कोरोना नदेखिएकाले विभिन्न विद्यालयमा विद्यार्थीले शान्त वातावरणमा हिँडडुल गर्न पाएको बताए । अन्य गाउँपालिकामा कोरोना त्रासले विद्यालय सञ्चानलनमा नआएको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board