वीर अस्पतालमा थप १ चिकित्सकलाई कोरोना संक्रमण

काठमाडौं, २३ साउन । वीर अस्पतालमा कार्यरत थप १ जना चिकित्सकमा कोरोना संक्रमण भेटिएको छ ।

अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीका अनुसार शुक्रबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको बताए । बिहीकार वीर अस्पतालमा पनि इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमित दुवै जना चिकित्सकलाई लक्षण देखिएको छ ।

अस्पतालका २ चिकित्सकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालमा अस्पतालमा उपचाररत ३ बिरामीलाई समेत मंगलबार र बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board