काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा कोरोना भाईरसका संक्रमित बढ्न थालेपछि रोकथामका लागि कडाई गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने बताएका छन् ।
मानवीय गतिविधि र आवतजावतमा थप कडाइसँगै उपत्यकामा दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार आगामी आइतबारदेखि लागु हुनेगरी सट डाउनको निर्णय भएको हो । तर, उपत्यकमा तत्काल लकडाउन भने नहुने बताए । संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ ।
उपत्यकामा जहाँ संक्रमण देखिन्छ, त्यो स्थानमा सिल गर्ने निर्णय भएको छ । ‘टेकु, महाबौद्ध एरिया सिल गर्दैछौँ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भने । संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति गरेका छन् ।
यो पनि…
कोरोनाको त्रास: संक्रमण रोक्न कुन जिल्लाको तयारी कस्तो छ ?
COMMENTS