छोरीको सुसाइड नोट: बुवाको नाममा २० लाख जम्मा गरेकी छु

विराटनगर, २३ साउन । विराटनगरको सनराइज बैंकमा कार्यरत विराटनगर ८ की ३० वर्षीया सनाज खतिवडाले बैंकभित्रै आत्महत्या गरेकी छिन् । खतिवडाले बैंकभित्रै मुसा मार्ने औषधि खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ मृतक बैंकको कर्जा शाखामा कार्यरत थिइन् । घटनाको प्रकृति हेर्दा विष खाएको देखिएकोले प्रहरीले बैंकको सिसि टिभी फुटेजका आधारमा अनुसन्धान सुरु गरेको जनाएको छ।

उनी बैंकको कार्यालयको शौचालयभित्रै बेहोस अवस्थामा भेटिएको थिईन् । छेउमै विषादीको बट्टा पनि भेटिएकाले उनको मृत्युको कारण विष पिएरनै भएको अनुमान प्रहरीले गरेको छ। खतिवडा परिवार नजिकका एक सदस्यका अनुसार युवतीमा केही दिनदेखि मानसिक तनाव देखिएको थियो। एक हप्ताअगाडी पनि ती युवतीले आत्महत्याको प्रयास गरेको जानकारी परिवारले प्रहरीलाई दिएको थियो ।

उनको सुसाइड नोट फेला परेको छ । बाबु र आमालाई सम्बोधन गरेर लेखिएको नोटमा कसैलाई पनि दोष नदिनुस् म आफ्नै कारणले मरेको हुं भनेर घटनामा लेखिएको प्रहरीले बताएको छ ।मृतक युवतीले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो शेयर रहेको उक्त नोटमा उल्लेख गरेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति