सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’,रिया बयान दिन पुगिन् इडी कार्यालय

काठमाडौं २३ साउन । अभिनेत्री रिया चक्रवर्ती प्रवर्तन निर्देशनालय अर्थात् इडीमा आफ्नो बयान दर्ता गर्न मुम्बईस्थित कार्यालय पुगेकी छिन् । चक्रवर्तीलाई नोटिस जारी गर्दै शुक्रबार बयान दर्ता गर्न बोलाएको थियो । अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको आरोपमा घेरिएकी चक्रवर्तीले आफ्नो बयान दर्ता गराउने समय बढाउन आग्रह गरेकी थिइन् । रियामाथि सुशान्तको खाताबाट १५ करोड निकालेर आफ्नो कम्पनीमा लगानी गरेको आरोप छ ।

इडीले यो मामिलामा कथित आर्थिक अनियमिताको अनुसन्धान गरिरहेको छ । रियाका अनुसार उनको याचिका सर्वोच्च अदालतमा विचाराधीन छ र सर्वोच्चको आदेशपछि नै इडीले बयान दर्ता गर्नुपर्छ ।

सुशान्त सिंहको शव जून १४ मा उनको मुम्बईस्थित घरमा भेटिएको थियो । मुम्बई प्रहरीले यसलाई आत्महत्या ठानेर अनुसन्धान गरिरहेको छ । रियाले सर्वोच्च अदालतमा याचिका दर्ता गरेर पटनमा उनीविरुद्ध दर्ता भउको मुद्दा मुम्बईमा स्थानान्तरण गर्न आग्रह गरेकी छिन् ।यसैबीच ईडीले सुशान्तका बिजनेस म्यानेजर श्रुती मोदीलाई पनि सोधपुछका लागि बोलाएको छ । सुशान्तका साथी सिद्धार्थ पिठानीसँग ८ अगस्टमा सोधपुछ गरिनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board