पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुर, २३ साउन । कोरोना भाईरसबाट पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय पुरूषको मृत्यु भएको छ। वीरगन्ज निवासी उनको बिहीबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए ।

स्टार अस्पतालबाट उनलाई रिफर गरिएको थियो। डा.शर्माका अनुसार मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या रहेका थिए । त्यस्तै सिरहा गोलबजारका २५ वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा बिहीबार राति पौने दश बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी दुई वर्षदेखि किड्नीका बिरामी थिए। जनकपुर अस्पतालमा डायलासिस गराउँदै आएका उनलाई कोरोना पोजेटिभ देखिएपछि धरान रिफर गरिएको थियो। हालसम्म नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति