बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

काठमाडौं, २३ साउन । बैतडीमा गएराति पहिरोमा च्यापिदा आमाछोराको मृत्यु भएको छ। गएराति घरमाथिबाट पहिरो जाँदा डिलाशैनी गाउँपालिका वडा नम्वर ४ का आनसीह बोहराकी श्रीमती ४० वर्षीय पशुपति वोहरा र निजका १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको हो।

उनीहरूको शव विहान ७ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक आमाछोरासँगै पहिरोमा घर लगायत पशुचौपाया सरसामान सबै पुरिएका छन्। मृतकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board