सेभिल्ला युरोपा लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश

काठमाडौं, २३ साउन । रोमालाई हराउदै सेभिल्ला युरोपा लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले रोमालाई २–० ले हराएको हो । अन्तिम मिनेट १० खेलाडीमा सिमित बनेको रोमाबिरुद्ध स्पेनिस क्लब सेभिल्लाले पहिलो हाफमै दुई गोल गरेको थियो । पाँच पटकको च्याम्पियन सेभिल्लाले जित निकाल्दै अन्तिम ८ मा आफुलाई सुरक्षित गरेको छ । खेलको २२ औं मिनेटमा सर्जियो रेगुईलनले सेभिल्लालाई अग्रता दिलाएका थिए ।

रियल मड्रिडबाट लोनमा सेभिल्ला पुगेका सर्जियोको गोलसंगै टोलीले अग्रता लिएको थियो । यूसुफ एन नेसरीले ४४ औं मिनेटमा दोस्रो गोल गर्दै सेभिल्लाको जित सुनिश्चित गरेका थिए । पहिलो लेगको खेल कोरोनाले प्रभावित बनेपछि युरोपा लिगको बाँकी खेल जर्मनीमा सञ्चालन गरिएको छ । सेभिल्ला पछिल्ला १८ खेलमा अपराजित रहेको छ । क्वार्टरफाईनल प्रवेश गरेका पछिल्ला तीन संस्करणमा सेभिल्लाले उपाधि समेत जितेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति