अहिले नै पूर्ण लकडाउनमा जानु पर्ने अबस्था छैन – सरकारका प्रवक्ता

काठमाडौं, साउन २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनि गर्न मन्त्रालयमा अयोजित्र पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाको उक्त कुरा बताएका हुन । उनले भने जहाँ संक्रमण बढी हुन्छ त्यहाँ सेवाहरु रोक्दै जानु पर्छ र जहाँ संक्रमण कम छ त्यहाँ खुकुलो हुन्छ ।

उनले अहिले स्थानीय तह वा जिल्ला प्रशासनहरुलाई अबस्था हेरेर स्थानीय स्तरमा लकडाउन गर्न सक्ने व्यबस्था भएकाले अहिले नै त्रसित भएर पूर्ण देशव्यापी लकडाउनमा जानु पर्ने अबस्था नभएको बताए । प्रवक्ता खतिवडाले अहिले नै सार्वजनिक यातायात, हवाई सेवा एवं विद्यालय कलेज खोल्ने अवस्था भने नरहेको बताए ।

केही दिनभित्र सीसीएमसीको बैठक बसेर मात्रै सबै कुराको समीक्षा गरेपछि मन्त्रिपरिषद्ले निर्णय गर्ने समेत समेत उनले बताए । यस्तै, त्यस्तै विदेशमा अलपत्र अवस्थामा रहेका र स्वदेश फकाएउनै पर्ने अवस्थामा रहेकालाई ल्याउने र अरुलाई स्थिति सहज भएपछि नेपाल ल्याउने तयारी रहेको डा. खतिवडाले जानकारी दिए ।

सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबारदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board