नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २२ साउन । नेपालमा विहिबार थप ३६० जना कोरोना भाईरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत देशभरका विभिन्न प्रयोगशालमा गरिएको परिक्षणबाट ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति