हामीलाई भ्याक्सिनको तथ्याङ्क देखाउ

काठमाडौं, २२ साउन । कोरोना भाईरस बिरुद्धको खोपहरुको विकास पाइपलाइनको माध्ययमबाट दु्रत गतिमा अगाडि बढिरहेको छ । अक्सफोर्ड विश्वविद्यालयको खोपहरु बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा ठूलो संख्यामा परिक्षणको क्रममा छन् । संयुक्तराज्य अमेरिकामा अनुसन्धानकर्ताहरुले मोडर्ना खोपको परिक्षणका लागि ३०,००० स्वयमसेवकहरुलाई भर्ना गर्न सुरु गरेका छन् र धेरै भन्दा धेरै परिक्षणहरु सुरु भइरहेका छन् । अपरेसन र्याप स्पिडले आगामी जनवरीभित्र ३० करोड सुरक्षित र प्रभावकारी तथा खोपहरुका डोजहरु दिने महत्वाकांक्षी लक्ष्य राखेको छ ।


तर तिब्र गतिमा खोपको विकासको अवधारणाले धेरै मानिसहरुलाई बेचैन बनाएको छ । मे महिनामा सम्पन्न सर्वेक्षणले ४९ प्रतिशत अमेरिकीहरु कोरोना भाइरस खोप तयार भए पछि प्रयोग गर्ने बताए । २० प्रतिशतले नलिने बताए भने बाँकि ३१ प्रतिशतले आफुहरु के गर्ने भन्ने बारेमा निश्चित नभएको बताए । विश्व स्वास्थ्य संगठनले ‘खोपप्रतिको हिच्किचाहट’ नै बिश्व स्वास्थ्यमा देखा परेको प्रमुख चुनौति भएको र यसप्रतिको कमजोर बुझाइले कोरोना भाइरस खोपको असरलाई खतरामा पार्न सक्दछ भन्ने ठान्दछ ।

मानिसहरुको हिच्किहट आश्चर्य लाग्ने विषय होइन । एउटासम्म खोप उपलब्ध नहुंदै अमेरिकी जनताहरुले यसलाई स्विकार गर्नुपर्दछ भनेर हामीले किन अपेक्षा गर्नु पर्यो ? फिलाडेल्फिया स्थित बाल अस्पतालका खोप शिक्षा केन्द्रका निर्देशक डा. पाउलले बताए, ‘मलाई लाग्दछ खोप अस्तित्वमा नआउंदै प्रसस्त शंका गर्न मिल्छ’। उनी भन्दछन् ,‘म खोपको अनुसन्धाता हुँ र पनि मैले आफुलाई ’निश्चित छैन’ भन्ने बकेटमा राख्दछु । अहिले सम्म हामीसंग पशुहरुको तथ्याङ्कको संकलन छ, प्रतिरक्षा, प्रतिक्रिया तथ्याङ्क र पहिले गरेको परिक्षणको आधारमा र त्यस्तै प्रकारका खोपहरु अन्य रोगका लागि प्रयोग भएका सुरक्षा सम्बन्धी तथ्याङ्क संग्रहको तहमा छौं । कोभिड १९ विरुद्धको खोपले मलाई आश्वस्त बनाउने र मेरा प्रियजनहरुलाई त्यो लगाउनका लागि सिफारिस गर्ने प्रमाण आजका दिनसम्म हामी संग छैन ।

भरखरै सुरु भएको तेस्रो चरण अथवा प्रभावकारिता परिक्षण भनेर बुझिने धेरै परिक्षणहरुबाट तथ्यांङ्क उत्पादन गर्न सकिन्छ । केही मानिसहरुले यो खोपको प्रयोग सुरु गर्न हामीसंग पहिले नै प्रशस्त सुरक्षा र प्रतिरोधी प्रतिक्रिया तथ्यांङ्क भएको तर्क गर्दछन् । तर यसो गर्नु गल्ति हुनेछ । यसरी अहिले तेस्रो चरणकको परिक्षणले काम गर्नेछ ।

हजारौं स्वास्थ्य वयश्क स्वयंसेवीहरुलाई रेन्डमरुपले या त कोभिड १९ को नयाँ खोप लिन अथवा नियन्त्रणका लागि नैर्गुण्य चक्की वा अन्य रोगका लागि स्विकृत खोप दिइन्छ । त्यस पछि उनीहरु समान्य जीवनतर्फ फर्किन्छन् । तिनिहरुले कुन खोप लिएका छन् भन्ने थाहा दिइने छैन ता कि ती दुबै समुहले जोखिम बहन गर्ने कुरामा समानरुपले व्यवहार गरुन् ।

सहभागिहरुलाई खोपको अन्य असर भए नभएको निगरानी गरिन्छ, खोपका लक्षण र त्यसबाट हुने संक्रमणका बारेमा सम्पर्क गरिन्छ । यो गर्नुका पछाडि ती दुई समुहका बीच संक्रमण र त्यो खोपले कोभिड १९ लाई रोक्न कति सफल रहेको छ भन्ने तुलना गर्नु पनि हो । यो सम्भव छ ति कतिपय कोभिड बिरुद्धका खोपले संक्रमणलाई पुरै नरोक्न पनि सम्भव छ र पनि ती भ्याक्सिनले मानिसको रोग प्रतिरोधी क्षमतालाई बढाउन तयार बनाउने छन् ता कि संक्रमण हुंदा पनि सामान्य संकेतको अनुभव गर्नेछन वा केही नहुन पनि सक्दछ । फ्लु खोपको सन्दर्भमा पनि त्यही नै हो । उद्यपि यो त्यति निपुण नहुदा नहुंदै पनि पनि सघन उपचार कक्षमा भर्ना हुनेको संख्यामा कमि आउने र मृत्यु पनि घटाउने हुन्छ ।

यस्को व्यापक प्रयोगको सिफारिस हुनुभन्दा पहिल यो खोपद्धारा कति मानिसलाई बचाउनु आवश्यक छ ? आदर्र्शरुपले भन्ने हो भने खोप लगाएका ब्यक्तिमा भान्दा नलगाएका ब्यक्तिको तुलनामा रोग लाग्ने दर ७० प्रतिशत कम हुन्छ । विश्व स्वास्थ्य संगठनले औसतमा उमेर गइसकेका मानिसमा पनि खोप ५० प्रतिशत प्रभावकारी हुनुपर्दछ भनेर बताउंदछ (हामिले इन्फलुयान्जा खोपले रोग प्रतिरोधि क्षमता कम भएका प्रौढहरुलाई त्यति प्रभावकारी नभएको थाहा पाएका छांै ) ।
मापदण्ड महत्वपूर्ण छ किनकि कमजोर खोप हुनु खोप नै नहुनु भन्दा खराब हुन्छ । सामान्यरुपले सुरक्षित मानिसहरुलाई जोखिम नै नभएको भनेर हामी भन्न चाहंदैनौं किनकि त्यसले संक्रमणलाई बृद्धि गर्न सक्दछ । नयां खोप प्रयोगमा ल्याउनु पनि महंगो हुन्छ र मास्क लगाउने देखि राम्रा खोपहरुको परिक्षणमा हामीहरुले ध्यान मोड्न सकिन्छ ।

अन्तिम तेस्रो चरणको परिक्षणले यस्को सुरक्षा जाँच गर्नु हो । सुरु सुरुका परिक्षणले त्यो काम गर्दछन् । तर ठूलो संख्यामा गरिने परिक्षणले अन्य असर पत्ता लगाउन सहयोग गर्दछ ।

अनुसन्धाताहरुले ध्यान दिने मध्येको अक्कलझुक्कल देखिने असर रोग प्रतिरोधी क्षमताको बृद्धिका रुपमा चिनिने विरोधाभासपूर्ण घटना हो । जसअन्तर्गत एउटा खोप दिइएको मानिसको रोग प्रतिरोधी संक्रमणप्रति बढी नै प्रतिक्रिया जनाउंदछ । अनुसन्धाकताहरुले दुई समुहका बप्च अस्पतालमा भर्ना गर्न पर्ने उदाहरणबाट रोगको गाम्भिर्यतालाई परीक्षण गर्न सक्दछन् । खोप लगाएका अधिकतम मानिसहरु अस्पतालमा भर्ना हुनु भनेको खोपको अन्त्यको संकेत हो ।

परिक्षणको गति हामीले ती दुई समुहका बीचको फरक कति छिटो पत्ता लगाउन सक्दछांै त्यसैमा निर्भर रहन्छ । यदि खोप लिएका मानिसहरु मध्ये २ जना बिमारी भए र १० जना नैगुण्र्य चक्की सेवन गरेका बिमारी भए भने त्यो मौकाको कुरा भयो । तर यदि १०० को तुलनामा २० भए भने हामीले विश्वासका साथ भन्न सक्दछौं कि खोपले राम्रो काम गर्दैछ ।

छिटो भन्दा छिटो परिणाम प्राप्त गर्ने मुख्य कुरा भाइरस फैलिएको हटस्पट जहाँ मानिसहरु संक्रमित हुने धेरै सम्भावना रहन्छ त्यस्ता ठाउंमा परिक्षण्को दर बढाउनुमा भर पर्दछ । त्यस्ता क्षेत्रमा घुम्ति टोली पठाएर बढी जोखीममा भएका ब्यक्ति र निजका छिमेकीहरुको परिक्षणमा हामिले लक्षित गर्न सक्दछौं । स्वास्थ्य क्षेत्र तथा खाद्यान्न पसलमा काम गर्ने मानिसहरुको परिक्षणमा कहिलेकाही प्राथमिकता दिनु पर्ने हुन्छ । अन्यलाई जति सक्दो ठूलो संख्यामा परिक्षणमा सहभागी बनाउनु पर्दछ र यस्को दायरा फराकिलो बनाउनु पर्दछ ।

यी सबै प्रयत्नहरुलाइ साथै राख्दा खाद्य तथा औषधी प्रशासनलाई आफ्नो नीति समिक्षा गर्न र पुनरावलोकनका लागि कम्तिमा पनि ३ देखि ६ महिनाको समय प्रयाप्त विश्वासनीय सुरक्षा र प्रभावकारिता तथ्यांङ्क प्राप्त गर्न लाग्दछ । यस्को अलावा पशुहरुमा गरिएको परिक्षणको आधारमा प्राप्त सुरक्षा तथा प्रभावकारिता तथ्यांङ्कका आधारमा खोपलाई स्विकृत गर्ने बाटा त छन् । तर यस्का वाधा व्यवधानहरु अत्यन्तै उच्च छन् । पूर्व शर्तकारुपमा रहेको प्रभावकारिता परिक्षण नै असम्भव छ । किनकि यो रोग मुस्किलले देखिने, छिटफुटरुपमा देखिने हुन्छ र जवसम्म बर्षौसम्म लाखौ मानिसहरुमा यस्को परिक्षण गरिदैंन तब सम्म खोप प्रभावकारी छ भनेर पत्ता लगाउन मुस्किल छ । अहिले याहाँ त्यो अवस्था होइन ।

खोप लगाएका मानिसहरु मध्ये थोरैको संख्यामा गरिएका परिक्षण एन्टीवडी प्रतिक्रियाबाट आशातित तथ्याङ्क प्राप्त भएता पनि त्यसैका आधारमा खोपलाई स्विकृत गर्न सकिंदैन । हामीले यो भाइरसबाट हुने संक्रमणबाट बचाउन कुन स्तरको एण्टिवडी आवश्यक पर्दछ भन्ने हामीलाई थाहा छैन । आशा लाग्दो कुरा रोग प्रतिरोधि तथ्यांङ्कहरुका सम्बन्धमा खोपहरुको ईतिहास छ । जस्ले यो क्षेत्रमा तरक्कि गरिहाल्न सक्दैन । यही कुरालाई मष्तिष्कमा राखेर खाद्य तथा औषधि प्रशासन कोभिड १९ का खोपहरुलाई स्विकृत गर्नका लागि परम्परागत प्रभावकारिता परिक्षण तथ्यांङ्क आवश्यक पर्ने कुरामा प्रतिवद्ध छ र यस्ले बिश्व स्वास्थ्य संगठनले खोपहरु स्वीकृत हुनका लागि ५० प्रतिशत प्रभावकारिता हुनुपर्ने सुझावलाई अनुसरण गरेको छ ।

तथापि हाम्रो मानक नपुगेका खोपहरुलाई स्वीकृत गर्न सर्वसाधारणको दवाव बढ्न सक्नेछ भन्नेमा मलाई चिन्ता छ । अन्य देशहरुले कमजोर प्रमाणका आधारमा पनि खोपहरुलाई स्वीकृत गर्नेछन् । उदाहरणका लागि रसियाले केही हप्ता भित्रै खोपलाई स्वीकृति दिने दावा गरिरहेको छ । हामीहरुले कुनै पनि उत्पादनमा बिना प्रमाण हतार गरी प्रयोग गर्ने आह्वानालाइ विरोध गर्नुपर्दछ । खोपको सृजना अत्यन्त जटिल कार्य हो र हामी खाद्य तथा औषधी प्रशासनले तय गरेका आधारभूत मानकहरु नपुग्ने उत्पादनमा रोक लगाउन पर्ने यथार्थका लागि हामी तैयार रहनु पर्दछ । अनुसन्धाता र सरकार पारदर्शिताप्रति प्रतिवद्ध हुनु पर्दछ ता कि जनताहरु आफंैले नियामक निर्णयहरुलाई परिणाममुखी भएको देख्न सकुन् ।

राम्रो खोप आउला भन्ने प्रतिक्षा गर्नु यातना सरह महसुस हुन सक्दछ तर यो नै सही कदम हो । लक्ष्यमा पुग्ने धेरै किल्पका साथ बैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोप उत्पादन हुने कुरामा आशावादी छन् । हामीले सर्वसाधारणको स्वास्थ्य र उनीहरुबाट मुस्किलका साथ आर्जन गरेको बिश्वासलाई गलत किसिमको खोप उत्पादन गरी जोखिममा पार्न चाहंदैनौ ।

(नतालिय डिन फ्लोरिडा विश्वविद्यालयमा जैविकतथ्याङ्क शास्त्रका सहायक प्राध्यापक हुनुहुन्छ, यो लेख न्युयोर्क टाइम्सबाट लिइएको हो –अनुवाद कृष्णप्रसाद पौड्याल )

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board