प्रहरी हेडक्वार्टरमा थपिए १० कोरोना संक्रमित

काठमाडौं २२ साउन । राजधानीको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रहरी हेडक्वार्टरमा ८५ संक्रमित पुगेको छ ।

बिहीबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत २२ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको ‘संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको जानकारी दिए । ’हाल नेपालभर ३१९ जना प्रहरी कोरोना संक्रमित पुष्टि भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board